समाज

रवी लामिछानेसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतमा निवेदन

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडाइ जलासमा निवेदन दर्ता गरिएको छ ।

सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको हो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए ।

उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि सरकारी वकिलको कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

Related Articles

Close