समाज

घरायसी झगडामा बाबुमाथी खुकुरी प्रहार

भोजपुरमा एक व्यक्तीले आफ्नै बाबुलाई खूकुरी प्रहार गरेका छन् । घरायसी झैझगडाका कारण भोजपुर नगरपालिका–११ आम्तेकमा छोराले खुकुरी प्रहार गर्दा बाबु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
स्थानीय २५ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु ‘रामकुमार’ भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
हिजो साँझ बाबुछोराविच विवाद चर्किएपछी बाबुमाथी उनले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार लगत्तै फरार उनलाई प्रहरीले आईतवार बिहान पक्राउ गरेको जनाएको छ ।
गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 

Related Articles

Close