राजनीति

सिङ्गापुर जाने क्रिकेट टोलीको बिधाई

नेपाल आज सिङ्गापुर प्रस्थान गर्दै छ । सिंगापुरमा त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरीएको छ । 
पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेश कुमार सिलवालले बिदाई गरेका हुन् । टोली आज राति सवा १० बजे सिल्क एयरमार्फत सिंगापुर प्रस्थान गर्नेछ । 
सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाबेसँगै सिंगापुरसँग २-२ खेल खेल्नेछ । सिरिज शुक्रबारबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्नेछ ।
सिरिज सकेपश्चात नेपाल ओमनमा गएर खेल्नेछ । नेपाली युवा लेग स्पिनर विदेशी फ्रेन्चाइज लीगमा व्यस्त रहेकाले उनी त्यतैबाट खेलमा सहभागी हुनेछन् ।
यसैबिच सन्दीप लामिछाने र पारस खड्काबिच सम्बन्ध चिसिएको आँकलन हुन थालेको छ । सन्दीपले उनलाई ट्विटर र इन्स्टाग्राम बाट अनफलो गरेसंगै यो चर्चा चुलिएको बताइएको छ ।

Related Articles

Close