विचार

भारतमा दलित र मुस्लिम समुदाय

शताव्दिऔं देखी नै भारतको सामाजिक संरचना यौटा कठोर हिन्दु समुदायको इर्दगिर्दमा रहंदै आएको थियो। तर १९५० मा संविधान संसोधनमार्फत यो जातजातीको ब्यवस्था हटाईएता पनि भारतमा अझै यो ब्यवस्थाको दवदवा भने कायम नै रहिआएको छ। अझैपनि भारतिय समाजमा यस ब्यवस्थाको असर गहिरोसंग परिआएको छ। १.२ अर्वभन्दा बढी जनसंख्या भएको यस देशमा ८४ प्रतिशत हिन्दु समुदायका मानिसहरुको उपस्थिती छ भने यहिं समुदायविच पनि ब्राह्मण,क्षेत्री,वैश्य र शुद्र गरि चार भागमा विभक्त छन। पुजाआजामा ब्राह्मण, युद्धसूरविरमा क्षेत्रीहरु अग्रस्थानमा छन भने ब्यापारव्यवसायमा वैश्य र शुद्रहरुको उपस्थिती रहेको छ।

`फोहोरपिकर´ को उपमा पाएका दलित समुदायको जन्म र जिवनयापनको दिनचर्या अत्यन्तै दयनिय अवस्थावाट गुज्रिरहेको हुन्छ। वास्तवमा दलित भएर जन्मिनु उनिहरुको दोष त होईन तर वर्षौंदेखी जड् बनेर रहेको सामाजिक संरचनाले गर्दा उनिहरुको सामाजिक जिवनयापन अत्यन्त कष्टकर बन्दै आएको छ। यहाँको समाजमा तल्लो जातिमा जन्म लिनु भनेको कथित उपल्लो जातको दासत्व स्विकार गर्न अभिसप्त हुनुसरह नै हो। अर्को समुदाय मुश्लिम जसले परिवर्तनमा खासै योगदान पुर्याएको देखिंदैन। परिवर्तनलाई आत्मसात गर्न नसक्ने समुदायको रुपमा इस्लाम धर्म चित्रीत छ।

दलित समुदाय परम्परागत देखि नै फोहोर संकलन, सडक विस्तार, मृत शरीर को दाहसंस्कार जस्ता तल्लो स्तरको काममा लगाईएका हुन्छन। तर पछिल्लो समयमा भने यो समुदाय पुर्वाग्रह, भेदभावको सामना गर्न संगठित हुंदैछन भने धर्म परिवर्तन गर्दै सामाजिक रुपान्तरणको बाटोमा अग्रसर हुनपनि थालेका छन। त्यस्तै समाजमा सहज स्विकृतिका लागि पनि यो समुदाय आन्दोलित हुँदै आईरहेको छ। कतिपयले त यस समुदायलाई अझैपनि धोवी वा वासरम्यानको नामले चित्रीत गर्ने गरेका छन।

एकजना दलित युवा राकेश जसले धर्म परिवर्तन गरि अलि को नामबाट चिनिन चाहन्छन। उनी भन्छन; म राकेश अली हुँ। कतिपयले थर सोध्दा म सिधै अली भनेर बताईदिन्छु। यसमा मेरो स्वतन्त्रताको कुरा पनि त जोडिन्छ।

पुर्वाग्रह अझैपनि हटेको छैन। अन्यधर्म अंगाल्दा गर्नुपर्ने सामनाको तयारी अझै पूरा भएका छैनन। यस्ताखाले समस्याको सामना गर्नको लागि भनेर हुनेगरेका वहस र विमर्स अझै पर्याप्त छैनन। आफ्नै परिवारवाट पनि वेलावखत यस्ताखाले समस्याको सामना गर्नुपर्दछ। इस्लाम धर्ममा पनि चुनौतीहरु धेरैनै छन। हत्या, हिंसा, वलात्कार, साथै तुच्छ ब्यवहारको सामना दिनहुँजसो गर्नुपर्ने हुन्छ। यस्ताखाले समस्याको प्रतिरोध गर्न अझैपनि यी समुदायहरु संगठित हुन सकिरहेका छैनन।

इस्लाम धर्म रुपान्तरण गर्न सजिलो छ। उनी भन्छन; घरपरिवारवाट त ईस्लाम धर्म खराब छ भन्छन। तर म भन्छु मुस्लीम खराव छन भनेर भन्दा उनीहरुको प्रतिष्ठामा आंच आउँछ कि आउंदैन? यसतर्फ सोंच्नु पर्दैन? मुस्लिम हुनुमा मलाई पनि गर्व लाग्छ आजकल। यो भनेको यौटा प्रतिष्ठाको सबाल पनि हो।

मैले धर्म परिवर्तन गर्दा हिन्दु समुदायले मलाई गोलीले हान्यो। कुनै ब्याक्ती धर्मान्तरित हुन चाहन्छ भने त्यो उसको स्वतन्त्रताको कुरा हो। त्यस्तोमा त सवै पक्षले स्वागत पो गर्नुपर्दछ। पुरानो धर्म र नयाँ धर्म भन्ने हुँदैन। कसैले कसैलाई मार्न खोज्ने के धार्मिक हुन त? बरु मान्छे मार्न रोक्नको लागि प्रेरित पो गर्नुपर्दछ र बल्ल धार्मिक सहिष्णुता झल्किन्छ। मैले धर्म परिवर्तन गरेपछी मलाई गोलीले छातिमा र तिघ्रामा हिर्काईयो- उनी भन्छन।

१९४७ को स्वतन्त्रतापछि भने भारत सरकार अल्पसंख्यक समुदाय प्रति सकारात्मक हुँदै गएको हो। भेदभावविरुद्ध सरकारले स्पष्ट कानुन बनाएपछि भने यसको अधिकतम लाभ दलित र मुस्लिम समुदायले लिन पाईरहेका छन। संगै शिक्षा र सामाजिक अवसरदेखी लिएर राजनैतिक प्रतिनिधित्वसम्म पनि सुनिश्चित हुने अवसर प्रदान गरेको छ। अझ आरक्षणको व्यवस्थाले त राज्यका हरेक निकायहरुमा दलित र मुस्लिम समुदायको पहुंचलाई झनै सहज बनाईदिएको छ। यो व्यवस्थाले दलित र मुस्लिम समुदायहरुमाथी हुनेगरेका दमनकारीहरुलाई झुक्न बाध्य बनाईदिएको छ।

अझैपनि राज्यका सुरक्षा निकायहरुमा शिख, जैन र बुद्धिष्ट को प्रभाव बढी छ। तर मुस्लिम र दलित समुदायको समावेशीता भने अत्यन्त न्यून छ। दक्षिण एसिया मानवअधिकारका निर्देशक मिनाक्षी गांगुली भन्छिन- आरक्षणको व्यवस्था भएतापनि यस क्षेत्रमा दलित र मुस्लिम समुदायको उपस्थिती नगन्य अवस्थामा रहेको छ। उदाहरणकै रुपमा लिने हो भनेपनि अनेकन प्रयासका वावजुद पनि मुकेश अलीले अझै सरकारी जागिर खान सकिराखेका छैनन।

यदि तपाईंसंग तल्लो जातिको प्रमाणपत्र छैन भने तपाईलाई सुरक्षित काम प्राप्त पनि हुँदैन। म काम प्राप्त गर्न सकिरहेको छैन किनकी मसंग तल्लो जातीको प्रमाणपत्र छैन। मेरा बुवाआमा अनपढ थिए त्यसैले तल्लो जातिको प्रमाणपत्र बनाउन उनीहरु इच्छुक पनि देखिएनन- उनी भन्छन।

मुम्बई र मध्यप्रदेश यौटा उदाहरणको रुपमा उदाए। धर्मरुपान्तरण सम्बन्धी यौटा फिल्मलाई यी राज्यहरुले बढो मिहिन तरिकाले आत्मसात गरे। यसले सामाजिक रुपान्तरणमा यौटा अन्तरदृष्टी प्रदान गर्यो। सामाजिक सुधारवादी नेता बाबासाहेव आम्वेडकर पनि दलित नै थिए। यी राज्यहरुवाट नै उनको उदय भएको थियो। उनी एक प्रमूख वस्तुविद् पनि हुन। धेरैले उनले थालेको समाजसुधार अभियानको वाटो पच्छ्याए र सामाजिक रुपान्तरणमा उनको योगदान कोशेढुंगा सावित भैगयो।

आजको दिनसम्म आईपुग्दा हामिहरु दलित र मुस्लिमका बारेमा लेखिएका थुप्रै कितावहरु पढ्न पाउँछौं। फिल्म र समाचारहरु हेर्न र सुन्न पाउँछौं। सामाजिक रुपान्तरणकालागि भएगरेका गतिविधिहरु नियाल्न पाउँछौं। अछुत र डस्ट्पिकरको उपनामबाट धेरै माथी उठेर आज समाज परिवर्तनको ऐना बनिरहेका छौं। यो सवै उनकै देन हो। आज हामिमा पनि गर्व छ कि हामी पनि अब देशलाई अंघाडी बढाउन सक्ने भयौं। त्यसैले धर्म र जीवन मान्छेका फराकिला मार्ग हुन।

साभार : अलजजिरा

अनुवाद : बिजय ज्ञवाली

Related Articles

Close