प्रदेश २

कास्की-२ मा रजनी केसीलाई जम्मा ६२ मत !

कास्की-२ को प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा साझा पार्टीकी रजनी केसीले न्यून मत पाएकी छन्।

दुई वटा वडाको मतगणना भइसक्दा साझा पार्टीकी रजनी केसीले ६२ मत पाएकी छन्।

त्यसैगरी विवेकशिल नेपाली दलकी जमुना शर्माले ७ भोट प्राप्त गरेकी छन्।

यस्तै समाजवादी पार्टीका धर्मराज गुरूङले १०९ मत पाउँदा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी १३७ ल्याएका छन्।

यो परिणाक कुल १० हजार ३ सय ९५ भोट गनिसक्दाको हो।

Related Articles

Close