EnglishUncategorizedअखवारअन्तर्वार्ताअर्थ बजारकला साहित्यखेलकुदथपप्रदेश १प्रदेश २प्रदेश ३प्रदेश ४प्रदेश ५प्रदेश ६प्रदेश-७प्रविधिभिडियोमनोरन्जनमुख्य समाचारराजनीतिविचारविशेषविश्वव्यक्ति बिशेषशिक्षासमाचारसमाजसमाजसम्पादकियस्वास्थ्यहाइलाईट

गौरिकालाई फेरि अर्को स्वर्णपदक

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ४०० मिटर फ्रिस्टाइल स्विमिङमा गौरिका सिंहले स्वर्ण जितेकी छिन्। भारतकी सिवांगी शर्मालाई पछि पार्दै सिंहले १३ औं सागमा तेस्रो स्वर्ण जितेकी हुन्। यससँगै एउटै सागमा लगातार तीन स्वर्ण जित्ने उनी पहिलो खेलाडी बनेकी छिन्।

गौरिकाले सागमा यसअघि दुई स्वर्ण , एक रजत र एक कास्य पदक जितिसकेकी छिन्। आइतबार भएको स्विमिङतर्फको १०० मिटर ब्याकस्ट्रोकमा नेपालकी गौरिका सिंहले रजत पदक जितेकी थिइन्।

शुक्रवार महिला २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी गौरिकाले बिहिवार महिलातर्फको २०० मिटर फ्रिस्टाइल स्विमिङमा नेपाललाई पअिलो स्वर्ण दिलाएकी थिइन्।

Related Articles

Close