खेलकुद

साग फूटवल: बंगलादेशलाई हराऊंदै नेपाल फाईनलमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको क्रसमा सुनिल वलले निर्णायक गोल गरे।

नेपाललाई फाइनलमा पुग्न आजको खेलमा बराबरी वा जित्नै पर्ने दबाब रहेको थियो। अब नेपालले भुटानसँग फाइनलमा भिड्ने छ। फाइनल खेल म‌ंसिर २४ गते दशरथ रंगशाला हुनेछ।

Related Articles

Close