कला साहित्यप्रदेश ४

प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीले आयोजना गरेको बुटवल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी सम्पन्न

रुपन्देही : प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीले आयोजना गरेको बुटवल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी सकिएको छ ।

गत २० गतेदेखि शुरु भएको पुस्तक प्रदर्शनी २२ गते आइतबार सकिएको हो । बुटवलमा पहिलो पटक नयां प्रकृतिको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी आयोजना गरिएको थियो । बुटवलस्थित हिलपार्क गेट अगाडि आयोजना गरिएको उक्त प्रदर्शनीको ८ हजार जनाले अवलोकन गरेका छन् । तीन दिनसम्म सञ्चालित पुस्तक प्रर्दशनीमा करिव ४ लाखका पुस्तकहरु विक्री भएको आयोजक संस्थाका अध्यक्ष दलबहादुर गुरुङले बताउनुभएको छ ।

पाठ्यक्रम बाहेकका साहित्य, कला, संस्कृति र संगीतसंग सम्बन्धीत पुस्तकहरु प्रदर्शन गरिएको थियो । यस क्षेत्रमा साहित्य अनुरागीहरुको संख्या बढेपनि पठन संस्कृति कमजोर भएकाले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो । विशेष गरेर नयां पुस्तामा पठन संस्कृति बढी भन्दा बढी आवद्वता गराउने उद्वेश्यले बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीको आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताउनुभयो ।

पुस्तक प्रदर्शनी उत्साहपूर्वक सम्पन्न भएको र साहित्यप्रति नयां पुस्ता आर्कषित बनेको सचिव पोखरेलले बताउनुभयो । उक्त पुस्तक प्रदर्शनीमा साहित्य, कला, संस्कृति, संगीत, नारी चेतना, ईतिहांस, बालसाहित्य, प्रगतिशीलता, स्वास्थ्य, शहरलगायत विभिन्न दुई दर्जन विषयमा चर्चा गरिएको थियो । प्रलेस रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पुस्तक प्रदर्शनीमा प्रलेसका केन्द्रिय अध्यक्ष, केन्द्रिय सदस्यहरु र प्रलेस प्रदेशका पदाधिकारीहरको सहभागिता रहेको थियो ।

Related Articles

Close