प्रदेश ३

भुकम्पबाट क्षतिग्रस्त बनेको बिधालय भवनको शिलान्यास

अभिनय कार्की
दोलखा : वि.सं. २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भुकम्पको कारण विशेष गरि नेपालका १४ वटा जिल्ला रहेका संरचनाहरु ध्वस्त भएको थियो ।

त्यस पछि नेपाल सरकारले विदेशी तथा स्वादेशी सघ सस्थाहरुको आर्थिक लगानीमा भुकम्प प्रतिरोधात्मक संरचनाहरुको पुर्ण निर्माणको कामले प्राथमिकता पाएको थियो।सरकारको त्यो प्राथमिकताको कारणले गर्दा कति सरचनाहरुमा पुर्न: निर्माणको कामहरु अन्तिम चरम पुगिसकेका छन् त बाँकी रहेका ध्वस्त सरचनाहरुमा पनि पुर्न: निर्माणको कामको सुरुवात भैईरहेका छन् ।

आज मात्र प्रदेश नं ३ दोलखाको कालिन्चोक गाउँपालिका अन्तर्गत वडा नं ३ स्थित श्री महादेवश्वरी आधारभुत बिधालयको भवन आज पुर्ननिर्माण प्राधिकरण शिक्षा स्काईको रु ७०.लाखको परियोजनामा ४ कोठे भवनको आज वडा अध्यक्ष निशान बुढाथोकी र नेकपा प्रदेश न.३का सदस्य एवम् दोलखाका नेता कुल बहादुर बुढाथोकीले सिलान्यास गर्नु भएको विद्यलय व्यवस्थापन समितीका निमित्त अध्यक्ष कुमार नेपालीले जानकारी दिनुभयो ।

Related Articles

Close