प्रदेश ३

जेसिवी दुर्घटना हुँदा एक युवकको मृत्यु

अभिनय कार्की
दोलखा : जिल्लाको भीमेश्वर नगरपालिकामा गएराती नम्बर नखुलेको जेसिवी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलमा नम्बर नभएको जेसिवी दुर्घटना हुँदा विगु गाउँपालिकास्थित खोपाचागुका २२ वर्षिय राजु थामीको मृत्यु भएको हो ।

गएराति करिव साँढे ९ बजे सदरमुकाम चरिकोटबाट दोलखा बजारतर्फ जाँदै गरेको जेसिवी दुर्घटना हुँदा विगु गाउँपालिका वडा नम्बर ७ का २७ विजय श्रेष्ठ, भिमेश्वर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय सुमन थामी र कालिञ्चोक गाउँपलिका वडा नम्बर ४ का वर्ष २२ राजकुमार थामी गम्भिर घाईते भएका छन् ।

गम्भिर घाईते तीनै जनालाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको दोलखाका प्रहरी नायव निरिक्षक सई यज्ञ शाहले जानकारी दिए । दुर्घटनामा परेको जेसिवी अहिले घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Close