कला साहित्य

हिमोढ पहाडीको एकथान कविता : मौन पहाडको कथा

हिमोढ पहाडी/

हरेक बिहानीकाे सूर्याेदयसँगै
जब म ब्युँझिन्छु
खाल्डाेबाट दुर चिहाउँछु
क्षितिज अङ्गालेर
ऊ मुस्कुराइ रहन्छ
र केवल मुस्कुराइ रहन्छ
मलाई स्वाभिमान सिकाउने
त्याे माैन पहाड ।

ऊ मेराे पुस्तक बन्छ
अनि बन्छ विद्यालय र विश्वविद्यालय
म मा चेतनाकाे सत्बिज भर्छ
प्रेम र कर्तव्य सिकाउँछ;
महाेदय तर ऊ तिमीलाई
निर्जीव लाग्न सक्छ
चट्टानजस्तै कठाेर लाग्न सक्छ
किनकि तिम्राे संसार हेर्ने दृष्टिकोण
म भन्दा बेग्लै हुन सक्छ ।

मलाई थाह छ;
मलाई जाेगाउन उसले
कहिले शीत लहर पिएकाे छ,
कहिले लु सँगै पाैँठेजाेरी खेलेकाे छ
म उसकाे काखमा निदाउँदा
मन्द बतास दिएकाे छ
म तिर्खाले ब्याकुल हुँदा
अमृतमय जल दिएकाे छ ।

अचेल हाम्राे उपत्यका
अाधुनिकताकाे पदयात्रामा
अघि बढी रहँदा
वस्तीकाे सुन्दरता कुरुप बनेकाे छ
प्रकृति माथि निरन्तर
कठाेर प्रहार भएको छ
पहाडकाे छवि उज्यालाे पार्ने वन
उजाड भएको छ
अनि मेराे वस्ती
मरुभूमिकरणका लागि उद्यत छ ।

ऊ माैन बसेर
हाम्राे वस्तीकाे हरेक हर्कत
एक एक गरेर लेखाजाेखा गर्दैछ
अनि हरेक वसन्तमा
पल्लवित भएर हाँस्छ
हरेक गृष्ममा डढेलाेसँगै जल्छ
किनकि ऊ सँग
अटल भएर जिउने कला छ
अग्रजहरुबाट उसले
स्वाभिमानकाे पाठ सिकेकाे छ ।

भूकम्पको कठाेर धक्काबाट
जन्मिएको उसले अाफ्नाे गर्भलाई
खनिज पदार्थले
सुशाेभित बनाएकाे छ
किनकि ऊ
मानव जातिकालागि
एउटा सुन्दर वरदान हाे
उसकाे त्यागले
भविष्य सुन्दर बनाउने
सधैं मिठाे कल्पना गर्छाैं
त्यसैले मलाई प्रिय लाग्छ
माैन पहाडकाे कथा ।

दाङ्ग, नेपाल
हाल: पाेर्चुगल

Related Articles

Close