समाज

सरकारी जागिरमा अझै पनि बिभेद ! दृष्टिविहिन भएकै कारण पाएनन नियुक्ति

प्रशान्त ज्ञवाली/

रानीबास,गुल्मी- हामिले सानैबाट सुन्दै आइरहेको शब्द हो- समावेशीकरण। विभिन्न मुद्धाहरुलाई राज्यले समावेशीको नाममा संस्थागत पनि गरेको छ। तरपनि शिक्षक सेवा आयोग पास गरेका शिक्षक काशीनाथ ज्ञवालीलाई भने दृष्टिबिहिन भएकै कारण बिधालयहरुले नियुक्ती दिन आनाकानी गरिरहेका छन। गुल्मी रुरु गाउपालिका ५-सुनडाँडा स्थायी बसोबास भयका काशीनाथ ज्ञवाली`मिश्रीत´ शिक्षक सेवा आयोगबाट लिइने परिक्षामा नाम निकाल्न सफल भएपनि दृष्टिविहिन भएकै कारण बिधालयहरुले नियुक्ती लिन नमानेपछि राहत कोटामा पढाउन बाध्य भएका छन। शिक्षक सेवा आयोगले लिने परिक्षामा खुल्ला तर्फबाट छैठौं तहमा नेपाली विषयमा माध्यमिक तहको लागि नाम निकालेका हुन। गएको जेठमा शिक्षक सेवा आयोगको परिक्षाफल निस्केपछि नेपाली विषयका लागि नाम निकालेका ३ जना शिक्षकलाइ शिक्षा तथा मानवश्रोत बिकास केन्द्र विभागले रुपन्देहिमा पठायो तर रुपन्देही पुग्दा जिल्ला विकास समन्वय इकाइले रुपन्देहीमा नेपाली विषयका लागि कुनै बिधालय खाली नरहेको बताउदै विभागले हचुवाको भरमा शिक्षक पठायको भन्दै लिन मानिएन,शिक्षक ज्ञवालीले भने,”मलाइ त्यहाँबाट फर्काइयो।” रुपन्देहीबाट फिर्ता पठाइसकेपछि दोश्रो पटक विभागले असोज १२ गते लमजुङमा खाली रहेको भन्दै पत्र पठायो।ज्ञवाली विभागको पत्र बोकेर असोज २८ गते लमजुङ पुगे तर लमजुङ्बाट पनि ज्ञवाली फिर्ता हुनुपर्यो।

“ब्लाइन्डले कसरी पढाउछ भन्ने सोचाइ भयका व्यक्तिको कारण मैले नियुक्ती पाइन,दृष्टिबिहिन हुनुमा मेरो के दोष?” ज्ञवालीले जागरणपोस्टसंग गुनासो पोख्दै भने। शिक्षक ज्ञवालीले साहित्यको क्षेत्रमा पनि राम्रो कलम चलाउदै आएका छन। उनको “बोकाको मन” नामक कृति पनि गत बर्ष बजारमा आएको थियो। ज्ञवालीले अहिले रुरु गाउँपालिका ५ रानिबासस्थित श्री जनबोध उच्च माध्यमिक विद्यालय मा राहत कोटामा अध्यापन गराऊँदै आएका छन।

प्रशान्त ज्ञवाली,
(प्रशान्त जागरणपोस्टका गुल्मी संवाददाता हुन।)

Related Articles

Close