प्रदेश ३मुख्य समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ को मृत्यु

कालिञ्चाेक भगवती मन्दिरको लागी रिजर्भ गएर फर्किँदै गरेकाे बस सिन्धुपाल्चोकको मुडेमा दुर्घटना भएको छ ।

भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरी प्रवक्ता एवं डीआईजी विश्वराज पोखेरेलले दुर्घटनामा १२ जनाको मृत्यु तथा १८ जना घाइते भएको जानकारी दिएका छन।

बस सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Related Articles

Close