प्रदेश ४

बुटवलमा यस बर्षकै सबैभन्दा चिसो महसुस, श्रमिकवर्ग मर्कामा

प्रशान्त ज्ञवाली/
बुटवल – मङ्सिर महिना सकिएलगत्तै बुटवलमा चिसो बढेको छ। ब्यबसायिक हिसाबले सबल अनि सक्षम रहेको सुन्दर नगरी बुटवलमा मङ्सिर महिना सकिने बित्तिकै अत्यधिक चिसो बढेको कारण जनजिवन पनि प्रभावित भएको छ। मङ्गलबार बिहान देखापरेको कुहिरो र हुस्सु नहट्दा बुटवल लगायत देशका अन्य स्थानमा पनि लगत्तै चिसो बडेको हो। चिसोका कारण विशेष गरि श्रमिकको जनजिवनलाइ असर परेको छ। “काम गर्न जाउ भने खपिनसक्नुको चिसो छ, नजाऔं भने घरमा बेलुकी चुलो बल्दैन” जागरणपोस्ट सङ्ग एक श्रमिकले गुनासो पोखे।”ब्ल्याङ्केट भित्रै लुकेर बस्न परिराछ,आगो बाल्न नि दाउरा सितको कारण चिसिएका छन” स्थानियले भने। बुटवलको आजको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस र न्युनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ।

Related Articles

Close