अर्थ बजारप्रदेश ४

तम्घास-बलकोट-सन्धिखर्क सडक यसैबर्ष पिच हुने

मधुसूदन पाण्डेय,
अर्घाखाँची-
जिल्लाका ६ वटा स्थानीय तहका ६१ वटा वडाका केन्द्रमा कालोपत्रे सडक पुराउने गरि नमुना जिल्ला बनाउने नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले बताउनु भयो । सड्क सञ्जालमा अर्घाखाँची नमुना भए पनि अब स्तर उन्नतीको काम अगाडि बढाउने रायमाझीले बताउनु भयो ।

सन्धिखर्क , बल्कोट तम्घास सड्क यसै बर्ष कालोपत्रे हुने भएको छ । प्रदेश सरकार र संघिय सरकारबाट सम्पूरक बजेटमा रु १२ करोड बिनियोजन भएको प्रदेश सभाका सदस्य तथा नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले बताउनु भयो । एक जिल्लाबाट अर्को जिल्ला जोड्ने उक्त सड्कले छत्रदेब गाउँपालिका धेरौ वडा संग जोडिएर जाने सड्क भएकोले यस बर्ष यहि सड्कलाई प्राथामिकता दिएर अगाडि बढेको आचार्यले बताउनु भयो । उक्त सड्क खण्डको केही भाग सन्धिखर्क देखी बल्कोट सम्म ओटासिल भएको छ । अव बाँकी रहेको खण्डमा काम हुने आचार्यले जानकारी दिनु भयो ।

Related Articles

Close