अर्थ बजार

यस्तो छ नेपाली ईन्जिनियरद्वारा बनाईएको पहिलो बिद्धुतिय मोटरसाईकल `यात्री´

काठमाण्डौ : नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ सार्वजनिक भएको छ।

४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियोको स्थापना गरेर मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जिरोलाई् सार्वजनिक गरेको हो।

यसका सम्पुर्ण स्पेयर पाट्स नेपालमै डिजाइन गरेर अमेरिका , चाइना, भारत, र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरेर निमार्ण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिए।

‘हामीले सबै काम आफैले गर्यौ, कतिपय पाट्स बनाउन नेपालमै करोडौ लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौ,’उनले भने।

साठीको दशकको क्याफे रेसर डिजाइनबाट प्रभावित यस मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेको भनाइ छ।

३० किलोवाट ब्याट्री क्षमताको यस मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्ने कम्पनीको दावी छ।

बाइकमा ४० हर्सपावरको शक्ति छ।

बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिर्सचको काम सुरु गरिसकेको थियो भने २०१८मा नेपालको विभिन्न ठाउँमा गएर सवारीसाधन र सडकको बारेमा अध्ययन गरेको थियो।

यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटरसाइकल निमार्ण गरिएको खबर सेतोपाटिमा प्रकाशित छ।

Related Articles

Close