विचार

संस्कार बस्न नसकेको राजनिती

बिजय ज्ञवाली/ मलाई के पनि लाग्दछ भने सकिन्छ राजनीतीलाई संस्कारयुक्त मार्गमा डोर्याऊन प्रयास गरौं, सकिन्न अराजक झुण्डको मात्र राजनितीको आत्मरतिमा नडुवौं। नेपालमा जतिपटक राजनैतिक सरगर्मी बढ्दछ उतिनै पटक राजनैतिक विशृङ्खलाको पारो चढ्दछ। चुनावी तालमेल भनेको हारको मानशिकता हो। एक्लै जित्न नसक्ने अवस्थामा बिभिन्न पवित्र अपवित्र गठवन्धन एवं तालमेल भएका दृष्टान्त यसपटक पनि खुवै देख्न पाईयो। यसको एकमात्र कारण भनेको आफू अलोकप्रिय भएको लघूताभास हो। यसै तालमेलमा पनि कतिपय स्थानमा झडप भएका छन भने कतिपय घाईते र कतिपयको मृत्यु पनि हुने गरेका समाचार छ्यापछ्याप्ती बाहिर आईरहेका छन। प्रजातन्त्रको सुन्दरतम प्रयोग निर्वाचन र निर्वाचनद्वारा अनुमोदित पात्रहरुले राज्यसत्ताका बिभिन्न महत्वपूर्ण निकायमा रहेर दैनिक कामकारवाहिहरुलाई सहज, छरितो, विश्वासपूर्ण एवं ईमानपूर्वक सन्चालन गर्ने कार्य हो। यति कुरा त आम सवैलाई थाहा नै होला। तर यतिकुरा थाहा हुँदाहुँदै पनि जवर्जस्ति रुपमा मच्चाईने आततायी घटनाहरु आतंक नै हुन। स्वच्छ प्रतिष्पर्धामा उत्रिन नसक्नु वा दोस्रो पक्षको अस्तित्व स्विकार गर्न नसक्नेले राजनिती नगरेकै वेश। स्मरण रहोस; राजनिती हार्नको लागी गरिने त अवश्य होईन, तर जित्नकै लागी गरिएको राजनितिमा ईमान, निष्ठा,नैतिकवान, जवाफदेहिता, पारदर्शिता र विश्वासयोग्य हुनुपर्यो। नेपालका प्रायजसो दल र ति दलसंग आवद्ध नेता कार्यकर्ताहरुमा माथीका कुनै पनि कुरासंग निकटस्थ देखिंदैन अपवाद बाहेक। र, त्यस्ता अपवादका राजनितिक दल र नेताकार्यकर्ता नितान्त पछाडि पारिएको तितो यथार्थ पनि हो। यसवारेमा हामी नागरिकको हैसियतमा हामीले पनि कुनै उल्लेखनिय पहलकदमी नचालेको कुरा पनि उत्तिकै छर्लङ्ग छ।

लोकतन्त्रको कुरा आउनेवित्तिकै जनता र जनताद्वारा अनुमोदित जनप्रतिनिधिको प्रसंग आउँछ र यसरी अनुमोदित जनप्रतिनिधी र जनताको सम्बन्धमा भएगरेका सम्बन्ध र सौहर्दताको पनि उत्तिकै महत्व हुन्छ। केहि अपवादबाहेक यसविषयमा पनि जनता र जनप्रतिनिधिविचको सम्बन्धमा सोंचेअनुरुप हार्दिकता छैन। जनतालाई एकपटक भर्याङ्ग बनाई उक्त भर्याङ्गको साहारा एककदम माथी उक्लिईसकेपछि उक्त खुड्किला चटक्कै विर्सिने बानी परेका जनप्रतिनिधी र त्यस्तो स्वार्थमा राजनितिको खेल खेल्न पल्किएका तिनै जनप्रतिनिधिलाई पुनश्च: अनुमोदन गर्नुपर्ने हाम्रो बाध्यता वा लहड आजका दिनसम्म पनि यथावत नै छ। कहिं न कहिं हामी जनता पनि दोषी छौं। हामी जनतामा पनि कस्तोखाले संस्कार छ भने विगत चटक्कै भुल्दछौं र फेरि तिनै अनुहारको पुनरावृत्तिलाई रिसाईक्लिङ्ग गरिदिन्छौं- अलिकति आश्वासनकै भरमा। हामीसंग विकल्प नभएको पनि होईन, तर हामी जनताले नै उक्त विकल्पको प्रयोग गर्नवाट वारम्वार चुक्दै आएका छौं र त उहिं प्रवृत्ति, उहिं अराजकता, उहिं अस्थिरता वारम्वार दोदोहोर्याईरहन प्रेरित गरेका छौं। नेतृत्वले वारम्वार गल्ती गर्दै आईरहेको छ, यो कुरा पनि हामीलाई प्रष्टसंग थाहा छ। यति थाहा हुँदाहुँदैपनि हामी क्षणिक स्वार्थ र पुर्वाग्रहको राजनितिको आत्मरतिबाट माथी उठ्न कदापी सकेका छैनौं।

नेतृत्व सक्षमताको कसी

कुनै पनि मुलुकको शाषनसत्ता संचालन गर्ने मूल निकाय भनेको राज्य हो । सबल एवं सक्षम राज्यले मात्र समग्र मुलुकको बागडोर सम्हाल्न सक्तछ। राज्य कमजोर हुनु भनेको जनता कमजोर हुनु हो। जब राज्य र जनता कमजोर हुन्छन तब राष्ट्रियता जोखिममा पर्न जान्छ साथै आत्मसम्मान एवं स्वाभिमानमा आंच आउन थाल्दछ।

राजनिती, कुटनिती एवं प्रशासनिक क्षेत्रमा राज्यको दह्रो उपस्थिती रहन्छ भने निश्चयपनि सिंगो मुलुक नै सबल ठहरिन्छ। राज्य तवमात्र शक्तिशाली एवं जनउत्तरदायी बन्दछ जब राज्य संचालकहरुमा राष्ट्र, राष्ट्रियता एवं जनताप्रती जवाफदेहीताको अभ्यास रहेको हुन्छ। जनचाहना एवं जनभावलाई आँखा चिम्लिईदिने तर आन्तरिक र बाह्य शक्तिस्वार्थको दलदलमा राज्यसंचालकहरु रुमल्लिन पुगेभने समग्र मुलुककै अस्तित्त्व संकटमा पर्न जान्छ।

कसै गरेपनि सचेत हामी नागरिक नै हुनुपर्दछ। जवसम्म हामी नागरिक सचेत हुन सक्तैनौं तवसम्म नेतृत्वपंक्तिवाट वारम्वार गल्ती दोहोरिईरहन्छन नै।

त्यस्तै राष्ट्र निर्माणको लागि राज्य र यसका निकायहरु बलियो हुनु आवश्यक छ। राज्यसंचालकहरुमा देश र जनताप्रतीको उत्तरदायित्व हुनु आवश्यक छ। कमजोर मुटु एवं संकुचित बिचार हुनेहरुले राज्य संचालन गर्दा देश र जनताले दुख पाउँछन् भनेर बुझ्न टाढा जानू पर्दैन, मात्र सुस्ता र कालापानीको सिमाक्षेत्र अवलोकन गर्नसकेमात्र पुग्दछ।

अर्कोतर्फ राज्यको उपस्थिती केन्द्रदेखी लिएर स्थानिय तहसम्म सिधै जनताको सहज पहुँच हुनुपर्दछ । लोकतान्त्रिक पद्धतिको अभ्यास राज्यसंचालकहरुबाटै हुनु अपरिहार्य छ।हरेक नागरिकले शान्ती, स्थायित्व र शु-शासनको प्रत्याभूती अनूभुत गरेकै हुनुपर्दछभने राज्यबाट यसको ग्यारेण्टी हुनु अनिवार्य छ

फेरि पनि शुशासनकै कुरा

कतिपय सवालहरुमा जस्तै आत्मस्वावलम्वन, शु-शासन,सुरक्षा,भ्रष्टाचारमुक्त समाज, बिधिको शाषन एवं स्वाभिमानलगायतका बिषयमा हामी हाम्रो निर्णय हामी आफै गर्न सक्तछौं भनि विश्व समुदायलाई हामीले सन्देश त दिएका छौं, तर हामी आफू आफूमाझ अझैपनि विश्वस्त हुनभने सकेका छैनौं । गाउँ,समाज हुँदै राष्ट्र निर्माणको अभिभारा बोकेका हामी नागरिकहरुले हरेक आमूल परिवर्तनहरुलाई आत्मसात गर्दै यसको स्थायित्वको लागि अझ पनि धेरै भन्दा धेरै संघर्ष गर्न बाँकी नै छ ।

शु-शाषनको सपना विश्व रंगमंचमा प्रचार गरेतापनि हामी आफै आफैमाथी शासन गर्नबाट भने हरेकपटक चुक्दै आएका छौं। हरेक समस्याहरुको थालनी हाम्रो आफ्नै घरभित्रबाट शुरुवात भएको छ। कथित बहुदल ,प्रजातन्त्र अनि गणतन्त्रको को नाममा अनेकनपटक हरेक कुनै न कुनै गलत तत्वको सिकार पनि हामी बन्दै आएको कुरा कसैवाट छिप्न सकेको छैन ।

आदर्शको कुरा त हामी हरेक पटक गर्ने गर्दछौं, तर व्यवहारिक रुपमा भने हामी अत्यन्त दयनिय अवस्थितीवाट गुज्रीराखेका छौं। घर, समाज हुँदै राष्ट्रनिर्माणको जिम्मेवारीसम्म आईपुग्दा हामी अनेकौंपटक समृद्ध नेपालका नाराहरु ओकल्ने त गर्दछौं तर फगत सस्तो लोकप्रियताको लागि मात्र हामीहरु यी र यस्ता आकर्षक नाराहरुको पुलिन्दा मात्र बनिराखेका हुन्छौं।

कतिपय कमिकमजोरिहरु यसबखतमा नभएका पनि होइनन। तर मूलरुपमा हामी हाम्रो आफ्ना मौलिक सवालहरुका समाधान आफ्नै बलबुताबाट हल गर्न सक्षम छौं। हाम्रो समाज अत्यन्त शालिन छ। सुख-दु:खदेखी लिएर महाविपत्तिसम्म आईपुग्दा हामिले प्रदर्शन गरेको सहयोग, सद्भाव एवं एक्यवद्धता विश्वसामु नै यौटा अनुकरणीय प्रदर्शन रहयो। बिपत्तिमा दुखेका मनहरुमा मल्हम लगाउनको हामी आ-आफ्नो स्थानबाट आफुले सक्दो सहयोग एवं उद्दारकार्यमा लागिपर्यौं। अनेकता का बिचको अनौठो एकता हाम्रो समाजको विशेषता हो।

अन्त्यमा;

शुशासन अर्थात Governance ग्रीक शव्दवाट उत्पत्ति भएको पाईन्छ।राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।समता एवं समावेशी (equity and inclusiveness)सहभागिता (participation)अनुक्रियता (responsiveness)बहुमत (consensus oriented)प्रभावशीलता दक्षता (effectiveness and efficiency)पारदर्शिता (transparency)उत्तरदायित्व (accountability) गरेर जम्माजम्मी ८ वटा मूख्य अंगहरु शु-शाषनभित्र पर्दछन। हामीले शुशाषनको विषयमा चर्चा गर्नुपर्दा तत्कालिन विलियम टिन्डेलको द्वारा स्कटल्याण्ड र हेनरी आठ को जेम्स वी बीच भएको शाही पत्राचारमा सवैभन्दा पहिला शुशाषनसम्बन्धि कुरा उल्लेख गरिएको पाईन्छ। प्रारम्भिक अनुसन्धानअनुसार हालको आधुनिक इङ्गल्याण्ड निर्माणताका शुशाषन भन्ने शव्द खुवै प्रचलनमा ल्याईएको थियो। संस्थागत संरचनासंग जोडिएर आएको शुशाषनसम्बन्धि पहिलो प्रयोगको रुपमा इङ्गल्याण्डमा यूहन्ना (Fortescue) द्वारा प्रतिवादित तथा१५औं शताब्दी अर्थात सन् १८८५ मा अनुवाद गरेर तत्कालिन ईङ्गल्याण्डको निरपेक्ष राजतन्त्रका ज्ञाता चार्ल्स प्लम्वर ले शुरुवात गरेका थिए। तर यसलाई सन् १९०४ मा ब्रिटिशका संवैधानिक ईतिहासका ज्ञाताहरुको गहन अध्ययनपछि मात्र पूर्णरुपमा लागू गरिएको थियो। यद्यपि बर्तमान शुशाषन भन्ने शव्दको फराकिलो दायरा चाहिं सन् १९९० देखी संयुक्त राष्ट्रसंघ, आईएमएफ, र विश्ववैंकले विश्वविख्यात अर्थशास्त्री र वैज्ञानिकहरुसंगको गहन छलफलपछि मात्र सार्वजनिक गरेको थियो। जसअन्तर्गत सार्वजनिक शुसाषनभित्र यौटा सिंगो प्रशासनलाई यौटा परिवारको रुपमा परिभाषित गरिएको छ। उक्त परिवारभित्र बिभिन्न क्षेत्रविशेषका जातजाती, भाषा, वर्ग, भूगोल, धर्म, भाषा,कानून, सार्वजनिक तथा निजि संघसंस्थाहरुलाई यौटै प्रशासन वा नेटवर्कद्वारा स्थापित गरिनेछ भन्ने मूल मान्यता रहिआएको छ।

Related Articles

Close