Uncategorizedस्वास्थ्यहाइलाईट

कोराना भाइरस इन्फेक्सन बढ्दो, यसबाट बच्न के गर्ने ?

कोराना भाइरस चीनको उहान शहरबाट सुरु भयो, चिनियाँहरु नयाँ बर्षको रमझमको तयारीमा रहँदा देखिएको कोराना भाइरस अहिले विश्वव्यापी चर्चाको विषय छ ।

कोराना भाइरस देखिएका मुलुकहरुको सूचीमा नेपाल पनि छ । पूर्वी एशियामा थाइल्याण्ड, भियतनाम, ताइवान, दक्षिणकोरिया, जापान, कम्बोडिया र सिंगापुर छन् । जर्मन, फ्रान्स, अमेरिका र अष्ट्रेलियामा पनि कोराना पुष्टि भएको छ । बेलायत र क्यानडामा संभावित संक्रमितहरुमाथि जाँच भइरहेको छ ।
अमेरिकाले चीनस्थित आफ्ना नागरिकलाई अतिरिक्त सावधानी अपनाउने चेतावनी दिएको छ र रुसले चीनसंगको सीमालाई पूर्ण रुपमा आवत–जावत बन्द गरेको छ । एशियादेखि युरोपसम्म चाँडै फैलिएको यस भाइरसलाई रोक्न चिनियाँहरुले ठूलो संकल्पकासाथ कदम चालेका छन् ।

छिमेकी मुलुक नेपालमा पनि यसको संक्रमण देखिएपछि यहाँ तनावको माहोल छ । चीनजस्तो एकहप्ताभित्र एक हजार बेडको अस्पताल निर्माण नेपालमा संभव छैन । अस्पतालहरुले संभावित संक्रमितहरुका लागि भनेर अस्पतालभित्र एक–दुई बेडको छुट्टै व्यवस्था गर्न लागेको ३ दिनसम्म पनि एउटा छुट्टै बेड तयार गर्न सक्ने अवस्था छैन ।

नेपालले चीनसंगको सीमा क्षेत्रमा हेल्प डेस्क राखेर मात्रै समस्या समाधान गर्न नसकिने देखेपछि रसुवा नाका बुधबारबाट १५ दिनका लागि बन्द हुने भएको छ । दुई देशका प्रहरी अधिकारी र अध्यागमनका अधिकारीहरुको संयुक्त बैठकले नाका बन्द गर्ने निर्णय गरेका हुन् ।

यस्ता छन् कोराना भाइरसका लक्षण
टाउको दुख्ने, हाछ्यु आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिने, ज्वरो आउने र मृगौला फेल हुने जस्ता लक्षणहरुले यो भाइरस खतरनाक मानिएको हो ।
संक्रमणलाई कसरी कम गर्ने ?
सावुन पानीले हात धुने, हाछ्यु गर्दा नाक र मुख छोप्ने, रुघा वा फ्लुबाट संक्रमितहरु नजिक जानबाट बच्ने, काँचो वा पूर्ण रुपमा नपाकेको मासु र जंगली वा पाल्तु जनवारहरुबाट टाढा रहने जस्ता सावधानी अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कसरी वच्ने ?
प्रभावित इलाकाका मानिसहरुसंग भेटघाट नगर्ने, निरन्तर हात सफा राख्ने, नाकमा कपडा राख्नु, टिस्यु राख्नु वा मास्क लगाउनु जस्ता सावधानी अपनाउनु पर्ने बताइएको छ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Close