समाजसम्पादकिय

बसन्त पञ्चमीको महत्व

माघ शुक्ल पञ्चमीको दिन पर्ने बसन्त पञ्चमीको यो पावन अवसर विद्याकी देवी माता सरस्वतीमा समर्पित हो । विद्या र वुद्धिकी प्रतिकका रुपमा हेरिने सरस्वतीको पूजा यहि वसन्त पञ्चमीमा गरिन्छ र यसलाई श्रीपञ्चमी र ऋषि पञ्चमी पनि भनिन्छ । यस पञ्चमीका दिन अक्षर आरम्भ गर्ने विद्यार्थीहरुको घुइचो हुन्छ काठमाडौ र देशभरका पूर्व प्राथमिक विद्यालयहरुमा । यहि पञ्चमीमा वसन्तपुर दरवारमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन छ ।

हिउँदको अन्त्य र गर्मीको सुरुवातबीचको यो समय निकै शानदार मौसमका रुपमा हेरिन्छ । गाउँघरमा वसन्त पञ्चमीमा बाजा गाजा सहित परम्परागत भाकामा वसन्त ऋतुको महिमा गाउने गरिन्छ । सुदुरपश्चिममा दमाइहरुले बाजा गाजा सहित बसन्तमा फुल्ने फूलहरुको निकै लामो विवरण र तिनका विशेषता सहितको व्याख्या गर्ने गरि सुरिलो भाकामा गीत गाउने प्रचलन छ ।
यस पञ्चमीका दिनदेखि ऋतुराज वसन्तको सुरुवात हुन्छ ।

वसन्त ऋतुमा मौसम निकै सुहाउँदो हुन्छ । पहेलो वस्त्र पहिरने, पहेलो टिका लगाउने, पहेंला प्याउली फूलहरु थालीमा राख्दै एकापसमा टिका ग्रहण गर्ने हुँदा सुदुरपश्चिममा वसन्त पञ्चमीको निकै रमझम हुने गर्छ र देशका विभिन्न भागहरुमा वसन्त पञ्चमी आ–आफ्नै विशेषतासहित निकै महत्वका साथ मनाउने गरिन्छ । वसन्त पञ्चमीकै दिन होलिका दहन स्थानको पूजा गरिने भएकाले यहि दिनबाट होली पर्वको सुरुवात हुने गर्छ ।

वसन्त पञ्चमीबाट ४० दिनसम्म होलिका फागु गीतहरु गाउने पुरानो चलन भएपनि अहिले त्यो हराइसकेको छ । ऋतुराज वसन्तलाई मधुमास पनि भन्ने गरिन्छ । प्रकृतिको अद्भुत सौन्दर्य, श्रृंगार र सांगितिक माहोको सन्देश बोकेर ल्याउने यस पञ्चमीले नै ऋतुराज वसन्तको आरम्भ गराउँछ । शक्तिवद्र्धक शरदको बिदाई र ऋतुराज वसन्तको आरम्भ गर्ने वसन्त पञ्चमीदेखि जीव, वनस्पती र प्राणी जगतले जीवनको नयाँ सञ्चार गर्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close