मुख्य समाचारसाप्ताहिकहाइलाईट

सरल स्वभावका ज्ञवाली सरल तरिकाले नै बने आइजीपी

बाज डेस्क,
नेपाल प्रहरीमा प्रचारभन्दा कार्यसम्पादनमा विश्वास गर्ने कर्तव्यनिष्ठ अधिकारी हुन् ठाकुर ज्ञवाली । प्रहरी अधिकारीहरुमध्य विना तडक–भडक जिन्दगी जिउने मान्यता राख्ने उनी कुनै छलछाम, तिकडम र नेताहरुको घरदैलो कार्यक्रम नगरि सहजै प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्युठान झिमरुकका ज्ञवाली लो प्रोफाइलमा बसेर आफ्नो कार्यसम्पादन गर्न रुचाउने अधिकारी हुन् । उनीमा काफी वौद्धिकता छ, तर उनी त्यसलाई चर्को श्वर, बडी ल्याङ्ग्वेज र अन्य कुनै सांकेतिक झल्को दिएर तर्क–वितर्क गर्न लाग्दैनन् । यस अघि नेपाल प्रहरीको महानिरीक्षक बन्न तिब्र प्रतिष्पर्धा र अन्य चलखेलहरु हुने गर्थे गएका

चार वर्षअघि सरकारले आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल सर्वोच्च अदालत पुगेपछि प्रहरी भित्रको चर्को विबाद आम मानिसहरुले थाह पाउने गरि छताछुल्ल भएको थियो ।

उपेन्द्रकान्त अर्याल आईजीपीमा बढुवा हुँदा प्रतिस्पर्धी एआईजी राजेन्द्रसिंह भण्डारी निकै असन्तुष्ट थिए ।
अनिवार्य अवकाश पाएर सोमबार घर जाँदै गरेका सर्वेन्द्र खनाल महानिरीक्षकमा नियुक्त हुँदा पनि ब्याची रमेश खरेलले सहजरुपमा लिन सकेनन् । ‘खरेलले राजीनामा दिए पनि पछि खनालका अर्का प्रतिष्पर्धी एआई जी पुष्कर कार्की संग पनि उनको राम्रो सम्वन्ध बन्न सकेन । तर यस पटक २८ औ महानिरीक्षक नियुक्तिका क्रममा मिडियादेखि सत्तापक्ष, प्रतिपक्षि र सत्तारुढ पार्टी भित्र पनि कहिं कतै विबाद देखिएन ।

सुरक्षा सम्वद्ध अधिकारीहरुका अनुसार नेपाल प्रहरी संगठनको इतिहासमा ‘निर्वादित’ रुपमा महानिरीक्षक नियुक्ति हुनु विरलै देखिने घटना हो ।

निकै रमाइलो कुरा त के भने यसपटक महानिरीक्षक नियुक्तिको दुई दिन अघिसम्म पनि बजारमा मुख्य प्रतिष्पर्धीहरुको दौडधुपबारे कुनै चर्चा भएन ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग पनि निकट मानिएका ज्ञवाली आफू स्वभाविक रुपमा आईजीपीको हकदार भएकाले आईजीपी हुनेमा ढुक्क थिए । प्रतिस्पर्धी तारिणीप्रसाद लम्साल पनि ज्ञवाली आईजीपी बने फरक नपर्ने बताउँदै हिँडेका थिए ।आईजीपीमा आफूलाई निर्विकल्प देखेपछि ज्ञवाली बिहीबारै बिराटनगर फर्किएका थिए ।

इमान्दार अफिसरको छवि

प्युठानको साविक बादीकोट गाविस (हालको झिम्रुक गाउँपालिका–१० मा जन्मिएका ठाकुर मध्यमवर्गीय परिवारमा हुर्किए । स्थानीय मच्छी माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनी स्नातक तहको अध्ययन सकेर प्रहरीमा भर्ना भएका थिए ।

कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दैगर्दा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना खुलेको सुनेपछि उनले आवेदन भरेका थिए । परीक्षा दिए, वैकल्पिकमा नाम निस्कियो । २७ असार २०४७ सालबाट उनले विधिवत् रुपमा सुरक्षा फौजमा प्रवेश गर्ने मौका पाए ।
उनले राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे ।

द्वन्द्वकालका बेला प्रहरी निरीक्षक हुँदा उनले रुकुममा बसेर दुईपटक काम गरे ।
प्रहरी उपरीक्षक (एसपी) का रुपमा उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखासहित दाङ, बारा र झापा जिल्लाको कुशल नेतृत्व गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर पनि काम गरेको अनुभव ज्ञवालीसँग छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि ज्ञवालीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहित प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा काम गरे । संयुक्त राष्ट्र संघबाट शान्ति स्थापनार्थ उनी एकपटक एफपीयू (यूएन फम्ड पुलिस युनिट) र दुईपटक अनपोल मिसनमा सहभागी भएका छन् ।

‘लागूऔषध नियन्त्रण ब्युरोमा आफुसंग काम गरेको अनुभव सुनाउँदै पूर्व डिआइजी हेमन्त मल्लले भने ज्ञवाली जी इमान्दार,नैतिकवान,वौद्धिक र निर्भिकतापूर्वक आफ्नो कुरा राख्नसक्ने प्रहरी अधिकारी हो । उहाँको बारेमा डिटेल त प्रवक्तासंग कुरा गर्दा राम्रो होला मैले आफुसंग काम गरेको अनुभवका आधारमा प्रहरीले एकजना कुशल नेतृत्व पाएको छ मात्रै भन्नसक्छु ।
पूर्व डि आइजी मल्लले उनको व्यवहारको रामै्र प्रशंसा गरे । वास्तवमा मलाइ पनि फौजमा समान व्यवहार गर्ने कुरा नै उचित लाग्छ । ज्ञवाली जि को स्वभाव पनि त्यस्तै मजाको छ ।

‘सिपाही, हवल्दार, इन्स्पेक्टर, डीएसपी भनेर फरक–फरक व्यवहार होइन , सबैलाई समान व्यवहार गर्ने उनको बानी हो’, ‘सबैसँगको व्यवहार दाजुभाइको जस्तो बनाउन सक्ने ज्ञवाली जि को खुबी हो भन्नुपर्छ ।

चुनौती

उनको पहिलो चुनौति भनेको समय नै हो । ठाकुरले ३० वर्षे सेवा हदका कारण २४ असारसम्म प्रहरीको नेतृत्व गर्नेछन् । पाँच महिने अवधि आफैंमा छोटो समय हो ।

एआईजीको समेत अनुभवविना डीआईजीबाटै महानिरीक्षक हुँदा उनले नेतृत्व तहको अनुभव गर्न पाएका छैनन् । यो आफैमा पनि एउटा चुनौती हो ।

अहिले प्रहरीमा एक डीआईजी, नौ एसएसपी, १५ एसपी तथा ४५ डीएसपीको पद रिक्त छ । तर रिक्त भएको १० महिना भइसक्यो, अहिलसम्म पदपूर्ति भएको छैन । यसले प्रहरी अधिकृतमा नैराश्यता बढाएको छ ।
९१ औं समूहका शैलेश थापा, हरि पाल, विश्वराज पोखरेलहरु पनि यहीबेला एआईजीमा छिरेर भावी महानिरीक्षकको स्थान सुरक्षित गर्ने होडमा छन् ।
। त्यसैले उनको कार्यकालको मूल्यांकन सुरुवातमै हुँदैछ ।संगठनलाई संघीय संरचनामा लान बनेको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अहिले राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भइसकेको छ । र, राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार प्रमाणीकरण भइसकेको छ ।यो अवस्थामा ठाकुरसामू प्रहरी समायोजनको सुरुवात गर्ने जिम्मेवारी पनि आइपर्छ । यसलाई पनि उनको अर्को चुनौतिका रुपमा हेरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close