मुख्य समाचारस्पेशलहाइलाईट

भगवान शिवको विरोधाभाषपूर्ण जन्म कथा

काठमाडौं ,  शिवको जन्मबारे विष्णु पुराणमा उल्लेख छ । विष्णु पुराणका अनुसार ब्रह्मालाई एउटा बच्चाको आवश्यक थियो । जब ब्रह्माले बच्चाका लागि तपस्या गर्न थाले त्यतिबेला उनको काखमा एउटा रुँदै गरेको बालक प्रकट भयो । ब्रह्माले बालक शिव रुनुका कारण सोध्दा शिव आफ्नो नामबाट असन्तुष्ट भएको जवाफ आयो । त्यसपछि ब्रह्माले उनका आठ ओटा नामहरु राखे र ति नाम पृथ्वीमा लेखिएका थिए । यसरी शिब ब्रह्मा पुत्रको रुपमा जन्मिए । तर जसले शिवको जन्मबारे जवाफ दिने कोशिस गर्यो त्यहि बिष्णु पुराण निकै द्धिविधामा छ ।

किनकी त्यहि विष्णु पुराणमा शिव जन्मको अर्को एउटा पौराणिक कथा पनि छ । त्यसमा भनिएको छ जतिबेला धर्ति,अकाश र पाताल सहित पुरै ब्रहण्ड जलमग्न थियो । त्यतिबेला (शिव) वाहेक कुनै देव वा प्राणीको अस्तित्व नै यस ब्रह््रमाण्डमा थिएन । फेरि बिष्णु पुराण भन्छ जतिबेला यस ब्रह्माण्डमा कुनै प्राणीको अस्तित्व थिएन ठिक त्यहि बेला भगवान शिव जल सतहमा एउटा शेषनाग माथि पल्टिरहेका थिए । त्यसो भए के पृथ्वीमा देखिएका पहिलो प्राणी शिव र शेष नाग हुन् ? वा उनीहरु दुइ मध्य पनि पहिलो प्राणी को हो ? शेष नाग हो वा शिव ?

विष्णु पुराणले त्यति मात्रै भन्दैन उसले अगाडीका हरफहरुमा भन्छ जल सतहमा शेषनाग माथि पल्टिरहेका तिनै शिवको नाभीबाट कमलको फूलमा ब्रह्मा जी प्रकट भए । अब यो भन्दा भ्रम र द्धिविधा हुने ठाउँ नै छैन । तपाइलाई लाग्न सक्छ ब्रह्मा पुत्र शिव कि शिवपुत्र ब्रह्मा ? यसमा विष्णु पुराण अप्राकृतिक बिरोधाभाषमा छ । अझ सबैभन्दा बढी हाँसो उठ्दो कुरा त के छ भने त्यहि विष्णु पुराण अगाडी भन्छ जब ब्रह्मा विष्णु सृष्टीको बिषयमा कुरा गरिरहेका थिए सोहि समयमा भगवान शिव पनि प्रकट भए । त्यतिबेला ब्रह्माले शिवलाई ठम्याउन इन्कार गरे । शिव रिसाउने डरले विष्णुले ब्रह्मालाई दिब्य दृष्टी प्रदान गरि शिवको बारेमा याद दिलाए । ब्रह्मालाई आफ्नो गल्ती महशुस भयो । उनले शिबसंग तुरुन्तै क्षमायाचना गर्दै शिवसंग आफ्नो पुत्रको रुपमा जन्म लिने आर्शिवाद मागे । शिवले ब्रह्माको आग्रह स्विकार गर्दै आफु ब्रह्मापुत्रका रुपमा जन्मने आर्शिवाद दिए ।

भगवान शिवको जन्मबारे सकेसम्म द्धिविधा सृजना गरेको विष्णु पुराणले बीचमा अचानक विष्णुको कानको मयलबाट जन्मेका मधुकैटभ राक्षसलाई मारिसकेपछि ब्रह्माले सृष्टीको रचनाको आरम्भ गरेको निष्कर्ष निकालेको छ । विष्णु पुराणका यी रोमाञ्चक कथा कहिले बाबु छोरा बन्ने कहिल्यै छोराले बाबुको रुप धारण गर्ने ? कहिल्यै ब्रह्माले सृष्टिको रचना गर्ने र कहिल्यै शिव शेषनाग माथि पल्टियर पानीको सतहमाथि देखिने ब्रह्माण्डकै पहिलो प्राणी बन्ने जस्ता अपत्यारिला र श्रृङ्खला विहिन तर्कले विष्णु पुराणका लेखक जसले यो कथा आरम्भमा तयार पारे उनको मानसिक अवस्था तन्दुरुस्त नै थियो होला ? भन्ने प्रश्न उब्जिन्छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close