मुख्य समाचारहाइलाईट

भगवान शिवको प्रियस्थल कैलाशपर्वत

अजय पर्वत

काराकोरम–काश्मिरदेखि भुटान–अरुणाञ्चलसम्म फैलिएको पर्वत श्रृंखलाको तिब्बती भु भाग ल्हा चु र झोङ चु को केन्द्र कैलाशपर्वत शिवको प्रिय स्थल हो । यसको पश्चिम तथा दक्षिणमा अवस्थित मानसरोवर ताल छ । जुन यस क्षेत्रका महत्वपूर्ण नदिका मुहानहरुको स्रोत हो । सिन्धु, कर्णाली र ब्रह्मपुत्र जस्ता दर्जनौं नदिका मुहानहरुको स्रोतका रुपमा मानसरोवरलाई लिइन्छ ।
कैलाशपर्वतका विशेषताहरु निकै महत्वपूर्ण छन् ।
संसारको केन्द्रभाग
पृथ्वीको उत्तरी धु्रव र दक्षिणी धु्रबको केन्द्र हिमालय हो र हिमालयको केन्द्रभाग कैलाश पर्वत हो । बैज्ञानिकहरुले यसलाई धर्तिको केन्द्र भन्ने गर्छन् ।
विश्वको नाभी
त्यस्तै एक्सिस मुण्डी अर्थात (विश्वको नाभी) कतिपएले यसलाई आकाश र भौगोलिक धु्रवको केन्द्रका रुपमा व्याख्या गर्ने गर्छन् । रसियन बैज्ञानिकहरुका अनुसार एक्सिस मुण्डी त्यो स्थान हो जहाँ अलौकिक शक्तिको प्रबाह हुन्छ र मानिसले त्यसलाई सम्पर्क गर्नसक्छ ।
विशालकाय पिरामिड
कैलाशपर्वतको भु बनावट विशालकाय पिरामिड आकारमा छ । जसलाई स साना १०० ओटा जति पिरामिडहरुको केन्द्रका रुपमा चर्चा गरिन्छ । यो एकान्त स्थानमा अवस्थित छ । त्यसको आसपास अरु कुनै ठूला पर्वतहरु छैनन् ।
अजय पर्वत
यो संसारकै अजय पर्वत मानिन्छ । उचाइका हिसाबले सगरमाथा विश्वको सर्बोच्च शिखर हो र अरु केहि अग्ला हिमालहरु पनि विश्वमा नभएका होइनन् तर जहाँ पर्वातारोहीहरु हरेक बर्ष नयाँ रेकर्ड कायम गर्छन् । कैलाशपर्वतमा ११ औं शताब्दीमा एक तिब्बती बौद्ध योगी मिलारेपा यसका प्रथम पर्वतारोही थिए भन्ने कुरा रसियन बैज्ञानिकले उल्लेख गरेका छन् । उनको यो रिपोर्ट युएनस्पेशल म्यागेजिन को २००४ को जनवरी अंकमा प्रकाशित भएको थियो । तर मिलारेपाले यस पर्वत चढेको बिषयमा कहिं कतै कुनै कुरा नबोलेकोले रसियन बैज्ञानिकको उक्त रिपोर्टमा थप प्रमाणको आवश्यकता देखिन्छ ।
रहस्यमय दुई ताल
कैलाश पर्वतबाट केहि पर दुई ओटा तालहरु छन् एउटा मानसरोव जुन सूर्य आकारमा छ र जसलाई संसारका शुद्ध पानीको तालका श्रेणीमा राखिन्छ । अर्को राक्षस ताल छ जसको पानी अशुद्ध मानिन्छ । त्यो चन्द्रमा आकारको छ । मानसरोवर पवित्र र सकरात्मक उर्जाले भरिएको ताल मानिन्छ भने राक्षस ताललाई नकरात्मक उर्जा र अशुद्धताको रुपमा चित्रण गरिन्छ ।
सबै नदिको उद्गम
कैलाशपर्वतको चार दिशामा चार ओटा विशाल नदिहरु छन् सिन्धु,सतलज,कर्णाली र ब्रह्मपुत्र । यस क्षेत्रका प्राय बाँकी नदिहरु यीनै नदिहरुको टेरोटोरीमा केन्द्रित छन् । चारै दिशामा जनावरका मुखहरु छन् पूर्वमा अश्वमुख, पश्चिममा हात्तिको मुख उत्तरमा सिंह र दक्षिणमा मयुरको मुखाकृति छन् । तिनै मुखाकृतिहरु चार ओटा ठूला नदिका उद्गमस्थल हुन्् ।
टेलिपेथिक सम्पर्क
कैलाशपर्वत र त्यस आसपासको वातावरणमा अध्ययन गरिसकेका रसियन वैज्ञानिकहरुले जब तिब्बतका धर्मगुरुहरु संग मन्दिरमा संवाद गरे त्यसपछि उनीहरुले भने कि यसको चारैतिर अलौकिक शक्तिको प्रवाह छ । तपस्विहरुले आज पनि यहाँ धर्मगुरुहरु संग टेलिपेथिक सम्पर्क गर्न सक्छन् । यद्यपि त्यसको बारेमा थप अध्ययन र ठोस प्रमाण भेटिने गरि कुनै कार्य नभएकाले यसलाई सर्बस्विकार्य मान्न सकिने अवस्था भने देखिदैन ।
यति मानवको कहानी
हिमाली भेगमा बसोबास गर्नेहरु हिमालयमा यति मानव हुन्छ भन्ने विश्वास गर्छन् । यो उनीहरुले पुस्तौं देखि सुन्दै आएको किंवदन्ती हो । कतिपएले यसलाई खैरो भालु, कतिपएले जंगली मानव र कतिपएले हिम मानव भन्ने गर्छन् । यसले मानिसलाइ मारेर खान्छ भन्ने प्रचलित धारणा छ । आजसम्म यसलाई कसैले देखेको छैन । यो परापूर्व कालदेखिकै एउटा दन्ते कथा जस्तै छ । तर केहि वैज्ञानिकहरु भने यसलाई निंडरथल मानव मान्दछन् । विश्वका झण्डै २५–३० जना वैज्ञानिकहरुले हिमालयको सदाबाहर हिउँ जमिरहने इलाकामा हिम मानव विद्यमान छ ।
कस्तुरी मृग
हिमालय क्षेत्रमा पाइने कस्तुरी मृग संसारकै दुर्लभ जनवारहरु मध्य एक हो । मृगहरुमा पनि यसलाई निकै दुर्लभ मानिन्छ । यो पाकिस्तानको उत्तरी भागदेखि भारत,नेपाल,चीन,मंगोलियामा र साइबेरियामा पाइन्छ । यस मृगको कस्तुरी निकै सुगन्धित हुनुका साथै औषधिय गुणले युक्त हुन्छ । नेपालको हिमाली भेगमा बस्नेहरुले कस्तुरी लाइ बिना भन्ने गर्छन् । खासगरि मृगको नाभीमा हुने सुगन्धित बिनालाई कस्तुरी भनिन्छ । कस्तुरी मृगको बिना संसारका पशु उत्पादनहरुमध्य सबैभन्दा महंगो बस्तु हो । यसलाई सुन र हिरा झैं तोलामा जोखिन्छ ।
अद्भुत आवाज
कैलाश पर्वत आसपासका क्षेत्रमा एउटा अनौठो ध्वनि उत्पन्न हुन्छ । त्यो ध्वनि कुनै बाजा गाजा, ओम र विमान उडेको जस्तो हुन्छ ।
बैज्ञानिकहरुले यसलाई हिउँ पग्लिदा उत्पन्न हुने ध्वनि भएको हुनसक्ने आशंका गरेका छन् । अर्थात प्रकाश र ध्वनीका बीचको समागमले पनि यो आवाज सुनिएको हुनसक्छ भन्ने बैज्ञानिकहरुको बुझाई छ ।
प्रकाश चम्किरहनु
कैलाशपर्वतको आकाशमा प्रकाश चम्किने विषय पनि एउटा खोजकै बिषय हो । कैयौं पटक कैलाशपर्वतमा सात प्रकारको प्रकाश चम्किएको देखिएको बताइन्छ । नासाका बैज्ञानिकहरुले यसलाई चुम्बकिय शक्तिका कारण पनि यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close